समतामूलक शासन प्रवर्द्धन गर्ने उद्देश्यले “समतामूलक शासनको लागि क्षमता अभिवृद्धि तालिम” सम्पन्न भएको छ।
निर्णय प्रक्रियामा प्रभावकारी सहभागिता, पारदर्शिता तथा जवाफदेहितालाई सुदृढ बनाउने लक्ष्यका साथ आयोजित असार ४ र ५ गतेको दुईदिने तालिममा सुशासन, समावेशी निर्णय प्रक्रिया, नेतृत्व विकास तथा उत्तरदायी व्यवस्थापन सम्बन्धी विषयमा सहजीकरण गरिएको थियो।
तालिममा अमलटारी मध्यवर्ती उपभोक्ता समिति, नन्द भाउजु मध्यवर्ती उपभोक्ता समिति र लामीचौर मध्यवर्ती उपभोक्ता समिति तथा त्यस अन्तर्गतका विभिन्न सामुदायिक वनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा करिब ५० जना भन्दा बढी मध्यवर्ती उपभोक्ता समिति र सामुदायिक वनका सरोकारवाला व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

तालिममा रिकफ्ट नेपालका कमल राज राई र उपमा ताम्ला राईले सहजीकरण गर्नुभएको थियो।



