माडी (स्थानीय) खबर पोष्ट

माडी नगरपालिकाको नीति तथा कार्यक्रम पारित: कृषि र पर्यटनमार्फत जीवनस्तर सुधार गर्ने लक्ष्य

चितवन, ०५ असार ०८३ — माडी नगरपालिकाले कृषि र पर्यटन क्षेत्रको विकासमार्फत नागरिकको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने लक्ष्य सहित आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पारित गरेको छ ।

शुक्रबार मध्यान्ह नगर कार्यपालिकाको सभाहलमा सुरुवात भएको नगरसभाको अठारौँ अधिवेशनमा नगर प्रमुख तारा कुमारी काजी महतोले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले सो उद्देश्य लिएको हो ।

यस्तै, नीति तथा कार्यक्रमले नागरिकलाई प्रभावकारी सेवा प्रवाह, आर्थिक समृद्धि र स्थानीय सुशासन सुनिश्चित गर्ने तथा “माडी नगर“ लाई समृद्ध र समुन्नत नगरको रूपमा संस्थागत गर्दै लैजाने उद्देश्य पनि लिएको उल्लेख छ ।

नगरसभाले शंसोधन सहित पारित गरेको सो दस्तावेजमा १. आर्थिक विकास, २. कृषि, ३. सामाजिक विकास, ४. पूर्वाधार विकास, ५. वन, वातावरण र विपद् व्यवस्थापन एवं ६. संस्थागत विकास र सुशासन गरी आधा दर्जन विषयगत क्षेत्र कायम गरी कूल १४४ वटा नीति एवं कार्यक्रम उल्लेख रहेका छन् ।

स्वदेश एफ.एम.ले प्रत्यक्ष प्रशारण गरेको सो नगरसभामा प्रस्तुत सबै बिषयगत नीति तथा कार्यक्रमहरु छुट्टाछुट्टै शीर्षक र भिडियोसहित सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ । अब आउँदो असार १० गते पुनः बस्ने नगरसभाको दोश्रो बैठकले बजेट तथा अन्य विधेयकहरु पारित गर्नेछ ।

तपाईको प्रतिक्रिया