चितवन, ०८ असार ०८३ — जनकल्याण माध्यमिक विद्यालय कल्याणपुरद्वारा आयोजित माडी नगर आधारभूत तह (कक्षा १–५) स्तरीय चित्रकला प्रतियोगितामा ब्रह्मज्योति आधारभूत विद्यालय, ब्रह्मपुरीकी छात्रा अस्मिता तामाङ प्रथम भएकी छिन् ।
३१ जना साना विद्यार्थीहरुको सहभागिता रहेको सो प्रतियोगितामा जनकल्याण मा.वि.का सोनामी घर्ती दोश्रो र राष्ट्रिय आधारभूत विद्यालय बघौंडाका अप्सन चौधरी तेश्रो हुन सफल भए ।
यसबाहेक, सान्त्वना पुरस्कार पाँच जनाः प्रिन्सेस श्रेष्ठ (बालविकास ई. बोर्डिङ स्कुल), समीक्षा सुनार (जनकल्याण मा.वि.), रेश्मी कलवार (माडी मा.वि.), काव्या आचार्य (दिवाकर स्मृति माध्यमिक विद्यालय) र अनुप बोट (गणेश आधारभूत विद्यालय)ले पाए ।

सोमबार प्रतियोगिता सञ्चालन हुनुअघि आइतबार सहभागीहरुलाई प्रशिक्षक राजेश बराल, भीमबहादुर श्रेष्ठ र प्रकाश थापाले चित्रकला सम्बन्धी सिकाई प्रशिक्षण दिनुभएको थियो ।
प्रधानाध्यापक रामबहादुर जि.सी.को अध्यक्षतामा सोमबार सम्पन्न सो प्रतियोगितामा प्रमुख अतिथि रहँदै माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसाल र विशिष्ट अतिथि रहँदै वडाध्यक्ष दीपेन्द्रराज पौडेलले पुरस्कार एवं प्रमाणपत्र वितरण गर्नुभएको थियो ।



