माडी (स्थानीय) खबर पोष्ट

माडीको नीति: दुधमा प्रतिलिटर ७ रुपैयाँभन्दा बढी अनुदान, पशु स्वास्थ्य र नश्ल सुधारमा जोड

चितवन, १० असार ०८३ — माडी नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि “व्यवसायिक पशुपालनः आत्मनिर्भर पशुजन्य उत्पादन” नारासहित दुध उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

नगर प्रमुख ताराकुमारी काजी महतोले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसार सो बुँदा उल्लेख रहेको हो । यसबर्ष नगरपालिका र बागमती प्रदेश सरकारको अनुदान समेत जोड्दा किसानहरूले प्रतिलिटर ७ रूपैंयाभन्दा धेरै अनुदान पाउने सुअवस्था सिर्जना भएको हुने देखिन्छ ।

यसबाहेक, नीति तथा कार्यक्रममा पशु रोग नियन्त्रणका लागि खोरेत, भ्यागुते, पि.पि.आर. लगायतका रोगविरुद्ध निःशुल्क खोप तथा घुम्ती पशु स्वास्थ्य शिविर सञ्चालन गरिने उल्लेख छ। साथै नव उद्यमी कृषकहरूका लागि सीपमूलक तालिम, नश्ल सुधार, प्रजनन व्यवस्थापन तथा हरियो घाँस विस्तार कार्यक्रम सञ्चालन गरिने पनि उल्लेख रहेको छ ।

यसैगरी, भेटेरिनरी सेवाको स्तरोन्नति गर्दै ल्याब सेवा विस्तार गरिने, रेबिज नियन्त्रणका लागि सामुदायिक कुकुरमा निःशुल्क खोप र बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिने समेत उल्लेख रहेको छ।

तपाईको प्रतिक्रिया

ताजा समाचार