माडी (स्थानीय) खबर पोष्ट

माडीको सामाजिक विकास योजना: बघौडा अस्पतालमा डायलाइसिस र ब्लड बैंक स्थापना, ‘स्वस्थ माडी’ अभियान अघि बढाउने

चितवन, १० असार ०८३ — माडी नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि सामाजिक विकास क्षेत्रअन्तर्गत बघौडा अस्पतालमा डायलाइसिस सेवा र ब्लड बैंक स्थापना गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

नगर प्रमुख ताराकुमारी काजी महतोले प्रस्तुत गरेको कार्यक्रममा “स्वस्थ माडी, समृद्ध माडी” अभियान अन्तर्गत अस्पतालमा डायलाइसिस सेवा र ब्लड बैंक स्थापना गर्ने, मानसिक स्वास्थ्य सेवा विस्तार, घरदैलो स्वास्थ्य सेवा, आयुर्वेद, योग तथा वैकल्पिक उपचारलाई प्रोत्साहन गरिने उल्लेख छ।

शिक्षातर्फ गुणस्तरीय तथा सीपमूलक शिक्षामा जोड दिँदै डिजिटल प्रविधि, ई-लर्निङ, स्मार्ट बोर्ड र अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको क्षमता विकास गरिनेछ। खानेपानी तथा सरसफाइतर्फ “एक घर, एक धारा” अभियानलाई तीव्रता दिँदै सुरक्षित खानेपानी, सरसफाइ र फोहोर व्यवस्थापनमा जोड दिइनेछ।

पर्यटन प्रवर्द्धनका लागि माडीलाई धार्मिक, सांस्कृतिक र प्राकृतिक गन्तव्यका रूपमा विकास गर्दै होमस्टे, हाइकिङ रुट तथा ‘Explore Madi’ पोर्टललाई सुदृढ बनाइनेछ। साथै कला, संस्कृति, भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धन गरिने उल्लेख रहेको छ।

यस्तै, सामाजिक न्याय र समावेशीतालाई प्राथमिकतामा राख्दै महिला, दलित, आदिवासी, जनजाति, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाका लागि क्षमता विकास, संरक्षण र आयआर्जनका कार्यक्रम सञ्चालन गरिने उल्लेख रहेको छ।

तपाईको प्रतिक्रिया

ताजा समाचार