माडी (स्थानीय) खबर पोष्ट

माडीको नीति: मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, विपद् पूर्वतयारी र “एक नागरिक, एक बिरुवा” अभियान अघि बढाइने

चितवन, १० असार ०८३ — माडी नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ‘वन, वातावरण तथा विपद् व्यवस्थापन’ क्षेत्रअन्तर्गत मानव–वन्यजन्तु द्वन्द्व कम गर्न तारबार, बत्ती तथा सचेतना कार्यक्रम सञ्चालन गर्ने र जङ्गली जनावरबाट हुने क्षति न्यूनीकरणका पहलहरू अघि बढाउने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

नगर प्रमुख ताराकुमारी काजी महतोले प्रस्तुत गरेको कार्यक्रममा विपद् पूर्वतयारी, पूर्वसूचना प्रणाली विस्तार तथा उद्धार क्षमताको विकासलाई प्राथमिकता दिइएको हो। बाढी, डुबान, वन डढेलो, चट्याङ लगायतका जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।

यस्तै, वन संरक्षण, जैविक विविधता जोगाउने तथा “एक नागरिक, एक बिरुवा” अभियानमार्फत वृक्षारोपणलाई प्रवर्द्धन गरिनेछ। साथै प्लास्टिक प्रदूषण नियन्त्रण र वातावरणमैत्री नगर निर्माणमा जोड दिइनेछ।

फोहोरमैला व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइट निर्माण प्रक्रिया अघि बढाइनेछ भने नदी कटान नियन्त्रणका लागि तटबन्धन लगायतका कार्यक्रम सञ्चालन गरिनेछ।

तपाईको प्रतिक्रिया

ताजा समाचार