कृषि र कृषक पोष्ट

माडीमा भोलि २३औँ राष्ट्रिय धान दिवस, सामूहिक रोपाइँदेखि हिलो खेलसम्मका कार्यक्रम

चितवन, १४ असार ०८३ — माडी नगरपालिका कृषि विकास शाखाको आयोजनामा “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने नाराका साथ २३औं राष्ट्रिय धान दिवस तथा रोपाइँ उत्सव मनाइने भएको छ।

असार १५ गते (भोलि) बिहान ८:०० बजे माडी नगरपालिका-६, लक्ष्मीबास (रुद्रचोक) मा सो उत्सव आयोजना गरिएको शाखाले जनाएको हो। उत्सवका अवसरमा सामूहिक धान रोपाइँ, हिलोमा डोरी तान्ने प्रतियोगिता तथा दही–चिउरा खाने कार्यक्रम आयोजना गरिने जनाइएको छ।

नेपालमा प्रत्येक वर्ष असार १५ गते ‘राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव’ मनाइन्छ। धानबालीमा उत्पादन वृद्धि र खाद्य सुरक्षाको महत्त्वलाई आत्मसात गर्दै वि.सं. २०६१ देखि यो दिवस मनाउन सुरु गरिएको हो। यस दिन खेतमा काम गरेर ‘दही-च्यूरा’ खाने परम्परा रहेको छ।

तपाईको प्रतिक्रिया