बसन्तपुर युनाइटेड महिला टोली भरतपुर–२४ महिला फुटबल प्रतियोगिताको च्याम्पियन

चितवन, १५ असार ०८३ — भरतपुर महानगरपालिका वडा नं. २४ मा सम्पन्न ‘महिला फुटबल प्रतियोगिता’मा बसन्तपुर युनाइटेड क्लबको महिला टोलीले शानदार प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको छ।

विज्ञापन १

फाइनलमा आयोजक भरतपुर–२४ लाई कडा प्रतिस्पर्धामा १–० गोल अन्तरले हराउँदै बसन्तपुर युनाइटेड च्याम्पियन बन्न सफल भएको हो। फाइनल खेलको निर्णायक गोल कप्तान साहारा छेत्रीले गरेकी थिइन्।

विज्ञापन २

त्यसअघि, सेमिफाइनल खेलमा बसन्तपुर युनाइटेडले दीप वेभ एकेडेमीलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। उक्त खेलमा टोलीका कप्तान साहारा छेत्री र आशिका गुरुङले गोल गर्दै जित सुनिश्चित गरेका थिए।

प्रतियोगितामा पुरस्कार र प्रमाणपत्र प्रदान गर्दै भरतपुर २४ का वडाध्यक्ष राम गोदारले उत्कृष्ट प्रदर्शन गर्ने सबै खेलाडीहरूको मेहनत र समर्पणप्रति धन्यवाद व्यक्त गर्नुभयो । विजेता टोलीलाई बधाई दिँदै आगामी दिनहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्दै अघि बढ्न पनि उहाँले शुभकामना व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया