चितवन, १७ असार ०८३ — बागमती विश्वविद्यालय अन्तर्गत सञ्चालित माडी क्याम्पसले पहिलो सेमेस्टरमै उत्कृष्ट नतीजा हासिल गर्दै समग्रमा ९०.७३ प्रतिशत उत्तीर्णको नतीजा हासिल गरेको छ ।
माडी क्याम्पसबाट बि.बि.ए.तर्फ परीक्षामा सहभागी १९ मध्ये १८ जना (९४.७३ प्रतिशत) उत्तीर्ण भएका छन् । त्यस्तै, शिक्षा संकायको परीक्षामा सहभागी ३९ जना विद्यार्थीमध्ये ३४ जना (८७.१७ प्रतिशत) उत्तीर्ण भएका छन् । दुबै संकायमा गरी सो क्याम्पसको समग्र उत्तीर्ण प्रतिशत ९०.९५ रहेको छ ।
बागमती विश्वविद्यालयले विश्वविद्यालयअन्तर्गत सञ्चालनमा रहेका तीनवटै संकायको पहिलो सेमेस्टरको परीक्षाफल परीक्षा सम्पन्न भएको सातौँ दिनमै सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार व्यवस्थापन तथा कानुन संकायमा ७२.५८ प्रतिशत, विज्ञान तथा प्रविधि संकायमा ७९.०३ प्रतिशत र शिक्षा तथा सामाजिक विज्ञान संकायमा ८९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।




