चितवन, १७ असार ०८३ — पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिले वन्यजन्तु पीडित परिवारका सदस्यका छोराछोरीलाई छात्रवृत्ति वितरण गरेको छ।
चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्रअन्तर्गत माडी नगरपालिका–९, चितवनमा आयोजित कार्यक्रममा २० जना विद्यार्थीलाई प्रतिव्यक्ति रु. ५,००० का दरले छात्रवृत्ति प्रदान गरिएको हो। यसका लागि कुल रु. १ लाख वितरण गरिएको समितिले जनाएको छ।
कार्यक्रमको अध्यक्षता पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष राजु पाठकको अध्यक्षतामा भएको कार्यक्रममा माडी बगई सेक्टर प्रमुख सान्ता मगर प्रमुख अतिथिको रुपम रहनु भएको थियो । कार्यक्रममा वन्यजन्तु पीडित परिवारका विद्यार्थीहरूको शैक्षिक निरन्तरतालाई टेवा पुर्याउने उद्देश्यले छात्रवृत्ति वितरण गरिएको अध्यक्ष पाठकले बताउनुभयो ।




