चितवन खबर पोष्ट

इच्छाकामनाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि कार्यकक्षमै कुटपिट

चितवन, १९ असार ०८३ — चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कार्यकक्षमै कुटपिट भएको छ। बिहीबार बिहान करिब ११ बजे केही व्यक्तिहरूले कार्यकक्षमा ढोका बन्द गरेर सामूहिक रूपमा हातपात गरेको बस्नेतले बताउनुभयो ।

घटनामा संलग्नमध्ये एक जना निर्माण व्यवसायी रहेको र अन्य व्यक्तिलाई आफूले नचिनेको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार खोलाबाट ढुंगागिट्टी उत्खनन सम्बन्धी मुद्दामा गाउँपालिकाले अदालतमा जित हासिल गरेपछि आक्रोशमा आक्रमण गरिएको हो। आक्रमणकारीहरूले ज्यान तथा परिवारमाथि समेत धम्की दिएको उहाँको भनाइ छ।

कुटपिटबाट घाइते भएका बस्नेत हाल इच्छाकामना आधारभूत अस्पतालमा उपचाररत हुनुहुन्छ । घटनामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई धादिङको गजुरीबाट पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। (नारायणी अनलाइनको सहयोगमा)

तपाईको प्रतिक्रिया