चितवन खबर पोष्ट

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन

चितवन, २६ असार २०८३ — आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ। उनको काठमाडौंस्थित वीर अस्पतालमा सघन उपचार भइरहेका बेला स्वास्थ्य अवस्था थप जटिल बनेपछि मृत्यु भएको हो।

अस्पतालका अनुसार नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो। आगोले अनुहार तथा श्वासप्रश्वास प्रणालीमा समेत गम्भीर असर पुर्‍याएकाले उपचार चुनौतीपूर्ण बनेको थियो। उनलाई अस्पतालको ‘बर्न आइसियु वार्ड’ मा भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो।

नेपालीको अवस्था झन् गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी समेत गरिएको थियो। तर स्वास्थ्य अवस्था स्थिर नभएका कारण स्थानान्तरण सम्भव नभएको अस्पतालले जनाएको थियो । नेपालीको मृत्यु भएपछि गृह मन्त्रालयले आकस्मिक छलफल सुरु गरेको छ।

तपाईको प्रतिक्रिया