चितवन खबर पोष्ट

माडीमा ८० मिलिमिटरभन्दा बढी वर्षा, रिउ खोलाको बहाव बढ्यो

चितवन, २६ असार २०८३ — चितवनको माडी क्षेत्रमा गएरातीदेखि लगातार बर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा माडी र आसपासका क्षेत्रमा ८० मिलिमिटरभन्दा धेरै बर्षामापन भइसकेको छ र यो क्रम जारी रहने अनुमान गरिएको छ ।

माडीसंगै पश्चिमी चितवन र पूर्वी नवलपरासी क्षेत्रमा समेत यही अनुपातमा बर्षा भइरहेको विभागले जनाएको छ । चट्याङ सहित लगातार बर्षा भइरहेसंगै रिउ खोला र यसका सहायक नदीहरूमा पानीको बहाब बढेको छ ।

बर्षा भएसंगै रोपाईंका लागि सिंचाइको अभावमा रहेका किसानहरु खुसी भएका छन् । वर्षा नभएर रोपाइँ गर्न नसकेका उनीहरुले राहत महशुस गरेका हुन् । हाल यहाँका किसानलाई रोपाइँ गर्न चटारो छ । असारदेखि श्रावण मध्यसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ ।

तपाईको प्रतिक्रिया