चितवन खबर पोष्ट

माडी नगरमा ९ शाखासहित १४९ दरबन्दीको संगठन संरचना पारित, १०५ करार कर्मचारीको म्याद थप

चितवन, २७ असार २०८३ — माडी नगरपालिकाको १८औं नगरसभाले १४९ जना कर्मचारी रहनेगरी नगरपालिकाको संगठन (शाखा/उपशाखा) संरचना पारित गरेको छ । नगरसभाले पारित गरेको संगठन संरचना अनुसार अब माडी नगरपालिकामा ९ वटा शाखा रहनेछन् ।

शाखाहरुमा १)प्रशासन, योजना तथा अनुगमन शाखा, २)पूर्वाधार विकास शाखा, ३)सामाजिक विकास शाखा, ४)भेटेरिनरी अस्पताल तथा पशुपंक्षी एवं मत्स्य विकास शाखा, ५)कृषि विकास शाखा, ६)शिक्षा, युवा तथा खेलकुद शाखा, ७)आर्थिक विकास शाखा, ८)आर्थिक प्रशासन शाखा र ९) कानुन शाखा रहनेछन् । प्रायः सबैजसो शाखा मातहत विभिन्न इकाई र उपशाखाहरु समेत रहनेछन् ।

यसैबीच, नगरपालिकाले हाल कार्यरत सबै १०५ जना करार कर्मचारीहरुको सम्झौता थप गरेको छ । नगरसभाले आगामी आर्थिक बर्ष २०८३/८४का लागि कार्तिक मसान्तसम्मका लागि करार कर्मचारीहरुको म्याद थप हुनेगरी सम्झौता थप गर्ने निर्णय गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालले बताउनुभयो

तपाईको प्रतिक्रिया