चितवन, २८ असार २०८३ — वैदेशिक रोजगारीका लागि हाल पूर्वी युरोपियन देश रोमानियामा रहेका माडीबासी युवाहरुले ‘माडी चितवन एकता समाज रोमानिया’ गठन गरेका छन् । रोमानियामा रहेका प्रवासी माडीबासीहरुलाई एकताबद्ध बनाउने र परिआएको सहयोग गर्ने उद्देश्यले डिल्लीराम आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा लोकनाथ अधिकारी, सचिवमा राम सुनार र कोषाध्यक्षमा पर्वत अधिकारी रहनुभएको छ । त्यस्तै सदस्यहरूमा सागर बराल, विनय महतो, सुजन वाग्ले, गोपाल वाग्ले, प्रकाश रानाभाट, मनिष बराल र निशान अधिकारी रहनुभएको छ । समाजको सल्लाहकारमा रोशन वाग्ले, प्रमोद चापागाईं, रामचन्द्र केसी, ध्रुब चालिसे र प्रविण सुवेदी रहनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिले प्रवासमा रहेर पनि माडीको कला, संस्कृति, भाषा तथा पहिचानको संरक्षण र प्रवद्र्धन गर्दै रोमानियामा रहेका माडीबासीबीच आपसी सद्भाव, भाइचारा र सहयोगको भावना अभिवृद्धि गर्ने प्रतिबद्धता जनाएको छ । समाजले आगामी दिनमा सामाजिक, सांस्कृतिक तथा परोपकारी गतिविधिहरूमार्फत प्रवासी माडीबासीलाई थप संगठित बनाउने अपेक्षा गरिएको छ।




