माडी (स्थानीय) खबर पोष्ट

माडीमा सर्वाधिक राजस्व संकलन गर्ने वडा नं. १ सम्मानित

चितवन, ३२ असार २०८३ — आर्थिक वर्ष २०८२/८३ मा माडी नगरपालिकाभित्रका वडामध्ये सबैभन्दा बढी राजस्व संकलन गर्ने वडा नं. १ कार्यालय सम्मानित भएको छ।

माडी नगरपालिकाले वार्षिक समीक्षा कार्यक्रमको अवसरमा वडा कार्यालयलाई नगद रु. ५,००० र कदरपत्रसहित सम्मान गरेको हो। वडा नं. १ ले आर्थिक वर्ष २०८२/८३ मा रु. ३१ लाख १० हजार ८२१ रुपैयाँ २६ पैसा राजस्व संकलन गर्दै नगरभित्रका सबै वडामध्ये पहिलो स्थान हासिल गरेको थियो।

नगरप्रमुख ताराकुमारी काजी महतो, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, वडाध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूले संयुक्त रूपमा वडा सचिव आनन्दराज पौडेल र वडा नं. १ निवासी कार्यपालिका सदस्य सन्तोष बोटेलाई सम्मान प्रदान गर्नुभएको थियो।

वडा कार्यालयहरूले सम्पत्ति कर, भूमिकर, बहाल–बिटौरी कर, साना सवारीसाधन कर, विभिन्न सिफारिस दस्तुर, व्यक्तिगत घटना दर्ता दस्तुर, नाता प्रमाणित दस्तुरलगायतका शीर्षकमा राजस्व संकलन गर्ने गर्दछन्। माडीकै सबैभन्दा बढी जनसंख्या रहेको वडा नं. १ ले यसअघि पनि लगातार उच्च राजस्व संकलन गर्दै आएको छ।

तपाईको प्रतिक्रिया