चितवन खबर पोष्ट

माडीका उत्कृष्ट विद्यार्थी नगद पुरस्कारसहित सम्मानित

चितवन, ०१ श्रावण २०८३ — विद्यालय शिक्षातर्फ विभिन्न तहका परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका माडीका विद्यार्थीहरू सम्मानित भएका छन्।

माडी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रमका अवसरमा शैक्षिक बर्ष २०८२ मा कक्षा–८, माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा–१२ (एसएलसी/प्रवेशिका प्रमाणपत्र तह) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई जनही रु. ५ हजार नगद तथा कदरपत्र सहित सम्मान गरेको हो।

कक्षा–८ तर्फ बालविकास इङ्ग्लिस स्कुल, माडी–७ की दिपसिखा वि.क. (GPA ३.८४) उत्कृष्ट छात्रा तथा दिवाकर स्मृति माध्यमिक विद्यालय, माडी–५ का तिलामणि बसेल (GPA ३.९५) उत्कृष्ट छात्र सम्मानित हुनुभयो।

एसईई (कक्षा–१०) तर्फ जनकल्याण माध्यमिक विद्यालय, माडी–६ की सलिना पौडेल (GPA ३.९१), दिवाकर स्मृति माध्यमिक विद्यालय, माडी–५ की प्रसिद्धि पाठक (GPA ३.९१) तथा सोमेश्वर माध्यमिक विद्यालय, माडी–१ का प्रशिष ढकाल (GPA ३.९५) सम्मानित हुनुभयो।

त्यस्तै कक्षा–१२ (एसएलसी/प्रवेशिका प्रमाणपत्र तह) तर्फ सोमेश्वर माध्यमिक विद्यालय, माडी–१ की सकिना महतो (GPA ३.६१) र माडी माध्यमिक विद्यालय, माडी–३ का सन्देश महतो (GPA ३.८०) उत्कृष्ट नतिजासहित सम्मानित हुनुभयो

माडी नगरपालिकाले शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक वर्ष विभिन्न तहका परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कार र कदरपत्र प्रदान गर्दै आएको छ।

तपाईको प्रतिक्रिया