कृषि र कृषक पोष्ट

उत्कृष्ट पशुपालनका लागि ‘सुशान्त पशुपालन केन्द्र’ सम्मानित

चितवन, ०१ श्रावण २०८३ — व्यावसायिक पशुपालन क्षेत्रमा उत्कृष्ट एवं अनुकरणीय कार्य गरी योगदान पुर्‍याएको भन्दै माडी नगरपालिकाले ‘सुशान्त पशुपालन केन्द्र, माडी-२’लाई सम्मान–पत्रसहित नगद पुरस्कार प्रदान गरेको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रमका अवसरमा सो पशुपालन केन्द्रमा अपनाइएको उत्कृष्ट अभ्यास, आधुनिक प्रविधिको प्रयोग तथा स्थानीय अर्थतन्त्रमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन फर्म सञ्चालक जगतराज पोख्रेल (स–परिवार)लाई सम्मान गरेको हो ।

नगरप्रमुख ताराकुमारी काजी महतो र प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल सहित कार्यपालिका परिवारले फर्म सञ्चालक पोख्रेल परिवारलाई कदरपत्रसहित नगद रु. ५,००० प्रदान गरी सम्मान गरेको हो । नगरले बार्षिक रुपमा उत्कृष्ट कृषकहरुलाई सम्मान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया