चितवन, ०१ श्रावण २०८३ — धार्मिक, साँस्कृतिक र अन्य सामाजिक उत्सवहरुमा भेलीपानी खुवाउँदै विशेष सामाजिक योगदान गरिआएको माडी–३ ईनारबरुवास्थित लिबर्टी युथ क्लब सम्मानित भएको छ ।
विहीबार साँझ नगरसभाको सभाहलमा सम्पन्न आ.व. २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रमको अवसरमा नगरप्रमुख ताराकुमारी काजी महतो र प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले क्लबका प्रतिनिधि तथा ईनारबरुवा टोल विकास संस्थाका अध्यक्ष हरिकृष्ण चौधरीलाई कदरपत्रसहित नगद रु. ५,००० प्रदान गरी सम्मान गर्नुभयो ।
लिबर्टी युथ क्लब तथा ईनारबरुवा गाउँ समाजले विगत धेरै बर्षअघि देखि गोद्धक मेलामा भेलीपानी खुवाउने, भोजन भण्डारा सञ्चालन गर्ने तथा हालै आयोजित माडी मौलिक साँस्कृतिक उत्सवमा समेत सहभागीहरुलाई भेलीपानी खुवाउने कार्य गरेको थियो । यसबाहेक क्लबले फुटबल र ब्याडमिन्टन क्षेत्रमा विभिन्न प्रतियोगिता आयोजना तथा सहभागिता जनाउँदै आएको छ ।




