चितवन, ०१ श्रावण २०८३ — माडी नगरपालिकाले माडी प्रज्ञा प्रतिष्ठानको गठन तथा नियमित कार्यसम्पादन, माडी मौलिक सांस्कृतिक उत्सवको आयोजना एवं व्यवस्थापन तथा ‘एक्स्प्लोर माडी’ पर्यटकीय पोर्टल निर्माण परियोजनामा विशेष योगदान पुर्याएको भन्दै सूचना प्रविधि अधिकृत प्रवीण भण्डारीलाई सम्मान गरेको छ।
बिहीबार साँझ नगरसभाको सभाहलमा आयोजित वार्षिक समीक्षा कार्यक्रमका अवसरमा नगरप्रमुख ताराकुमारी काजी महतो र प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले भण्डारीलाई कदरपत्रसहित नगद रु. ५,००० प्रदान गरी सम्मान गर्नुभयो।
सूचना प्रविधि अधिकृत भण्डारी एक फिल्म लेखक, कवि, गजलकार र गीतकारका रूपमा पनि परिचित हुनुहुन्छ। नगरका कला, साहित्य, संस्कृति एवं सूचना र सञ्चार सम्बन्धी काम र सेवा प्रवाहमा संधै अग्रपंक्तिमा रहने उहाँ हाल नगरपालिकाको सामाजिक विकास शाखा प्रमुखको जिम्मेवारीमा समेत रहनुभएको छ ।




