चितवन खबर पोष्ट

उत्कृष्ट करदाताका रूपमा सुरेशबहादुर थापा सम्मानित

चितवन, ०१ श्रावण२०८३ — माडी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का उत्कृष्ट करदाताका रूपमा निवृत्त शिक्षक शुरेसबहादुर थापालाई सम्मान गरेको छ।

वार्षिक समीक्षा कार्यक्रमको अवसरमा नगरपालिकाले थापालाई नगद रु. ५,००० र कदरपत्रसहित सम्मान गरेको हो। उहाँले विगतदेखि नै कुनै हर्जना वा बक्यौता नरहने गरी प्रत्येक वर्ष पौष मसान्तभित्र नियमित रूपमा कर बुझाउँदै आएको योगदानको कदर गर्दै सम्मान गरिएको नगरपालिकाले जनाएको छ।

सम्मानित थापा हाल ज्येष्ठ नागरिक समाज माडीका अध्यक्ष समेत हुनुहुन्छ। उहाँ माडी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तथा जनकल्याण माध्यमिक विद्यालयका पूर्व अध्यक्षका रूपमा समेत परिचित हुनुहुन्छ।

नगरप्रमुख ताराकुमारी काजी महतो, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, विभिन्न वडाका अध्यक्ष तथा कार्यपालिका सदस्यहरूले संयुक्त रूपमा थापालाई सम्मान गरेका हुन्।

नगरपालिकाले समयमै कर तिर्ने संस्कृतिको प्रवर्द्धन गर्न र जिम्मेवार करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले उत्कृष्ट करदातालाई सम्मान गर्ने परम्परा निरन्तरता दिएको जनाएको छ।

— — —

तपाईको प्रतिक्रिया