उत्कृष्ट स्वास्थ्यकर्मीका रूपमा कोपिला बोट सम्मानित

चितवन, ३२ असार २०८३ — माडी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ की उत्कृष्ट स्वास्थ्यकर्मीका रूपमा कोपिला बोटलाई सम्मान गरेको छ।

विज्ञापन १

आधारभूत स्वास्थ्य केन्द्र राधापुरमा कार्यरत स्वास्थ्यकर्मी बोटलाई स्वास्थ्यकर्मीहरूको कार्यसम्पादन मूल्याङ्कनका विभिन्न सूचकमा सबैभन्दा बढी अंक हासिल गरेको आधारमा उत्कृष्ट स्वास्थ्यकर्मी घोषणा गर्दै सम्मान गरिएको हो।

विज्ञापन २

बिहीबार साँझ नगरसभाको सभाहलमा आयोजित वार्षिक समीक्षा कार्यक्रमको अवसरमा नगरप्रमुख ताराकुमारी काजी महतो र प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले बोटलाई कदरपत्रसहित नगद रु. ५,००० प्रदान गरी सम्मान गर्नुभएको हो।

आधारभूत स्वास्थ्य केन्द्रले वडास्तरमा नागरिकलाई ओपिडी, सामान्य औषधि वितरण, खोप, गर्भवती जाँच र मातृशिशु स्वास्थ्य प्रदान गर्ने गर्छन्।

— — —

तपाईको प्रतिक्रिया