चितवन खबर पोष्ट

उत्कृष्ट कार्यालय सहयोगी कर्मचारीका रूपमा आरती रानाभाट सम्मानित

चितवन, ०१ श्रावण २०८३ — माडी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ की उत्कृष्ट कार्यालय सहयोगी कर्मचारीका रूपमा वडा नं. ७ कार्यालयमा कार्यरत आरती रानाभाटलाई सम्मान गरेको छ।

वडा कार्यालयमा कर्मचारीको अभाव हुँदा, कर्मचारी बिदामा रहेका बेला तथा आवश्यकताअनुसार कार्यालयको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै उत्कृष्ट कार्यसम्पादन गरेको मूल्याङ्कनका आधारमा रानाभाटलाई उत्कृष्ट कार्यालय सहयोगी कर्मचारी पुरस्कार प्रदान गरिएको हो।

बिहीबार साँझ नगरसभाको सभाहलमा आयोजित वार्षिक समीक्षा कार्यक्रमका अवसरमा नगरप्रमुख ताराकुमारी काजी महतो र प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले रानाभाटलाई कदरपत्रसहित नगद रु. ५,००० प्रदान गरी सम्मान गर्नुभयो।

— — —

तपाईको प्रतिक्रिया