चितवन, ०१ श्रावण २०८३ — माडी नगरपालिकाले भू–वर्गीकरणजस्तो जटिल प्राविधिक कार्यलाई सफलतापूर्वक सम्पन्न गराई नगरको भू-वर्गीकरण प्रक्रियामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै अमिन कुलदेव पंगेनीलाई सम्मान गरेको छ।
बिहीबार साँझ नगरसभाको सभाहलमा आयोजित वार्षिक समीक्षा कार्यक्रमका अवसरमा नगरपालिकामा अमिन सहायक (पाँचौँ तह) पदमा कार्यरत पंगेनीलाई नगरप्रमुख ताराकुमारी काजी महतो र प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले कदरपत्रसहित नगद रु. ५,००० प्रदान गरी सम्मान गर्नुभयो।
खेतीयोग्य जमिनको संरक्षण गर्न, अव्यवस्थित सहरीकरण रोक्न र जग्गाको अधिकतम सदुपयोग सुनिश्चित गर्ने नगरपालिकाले जग्गा भू–वर्गीकरण गरेको हुन्छ । माडी नगरमा लामो समयदेखि अलमल भएको सो काम अमिन पंगेनीको खटाइ र सहजिकरणबाट गतबर्ष पुरा भएको थियो ।




