चितवन खबर पोष्ट

उत्कृष्ट कार्यसम्पादनका लागि ममता चौधरी सम्मानित

चितवन, ०१ श्रावण २०८३ — माडी नगरपालिकाले राजस्व संकलनलाई प्रभावकारी बनाउँदै मुस्कानसहितको सेवा प्रवाह र उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सामाजिक परिचालक (चौथो तह) ममता चौधरीलाई सम्मान गरेको छ।

वार्षिक समीक्षा कार्यक्रमको अवसरमा नगरपालिकाले चौधरीलाई उत्कृष्ट कार्यसम्पादनको कदरस्वरूप कदरपत्रसहित नगद रु. ५,००० प्रदान गर्दै सम्मान गरेको हो।

बिहीबार साँझ नगरसभाको सभाहलमा आयोजित कार्यक्रममा नगरप्रमुख ताराकुमारी काजी महतो र प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले चौधरीलाई सम्मान गर्नुभएको हो।

नगरपालिकाले राजस्व संकलनमा उल्लेखनीय योगदान पुर्‍याउनुका साथै सेवाग्राहीमैत्री व्यवहार, जिम्मेवारीपूर्ण कार्यशैली र प्रभावकारी सेवा प्रवाहका आधारमा चौधरीलाई उत्कृष्ट कर्मचारीका रूपमा छनोट गरेको जनाएको छ।

— — —

तपाईको प्रतिक्रिया