माडी (स्थानीय) खबर पोष्ट

युवा संघ माडी–८ का सचिव कृष्ण गौतमद्वारा एमाले परित्याग, स्वतन्त्र रहने घोषणा

चितवन, २१ श्रावण २०८३ — नेकपा एमालेका संगठित सदस्य एवं युवा संघका माडी-८ वडा कमिटि सचिव कृष्ण प्रसाद गाैतमले पार्टी परित्याग गरेका छन् ।

विहीबार एक वक्तव्य निकाल्दै गाैतमले आफू अब उप्रान्त नेकपा एमाले वा अन्य कुनैपनि राजनैतिक दलमा आवद्ध नहुने र संधै स्वतन्त्र रहने भन्दै पार्टी छोडेको जनाएका छन् ।

विगतमा अयोध्यापुरी स्वास्थ्य चौकीको एम्बुलेन्स चालक समेत रहेका गाैतमले पार्टीका कतिपय स्थानीय अगुवाहरुको व्यवहारप्रति चित्त दुखाएको संकत गरेका थिए ।

तपाईको प्रतिक्रिया

ताजा समाचार