चितवन खबर पोष्ट

बीपी क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा तयारी, विदेश जानुपर्ने बाध्यता घट्ने

चितवन, २१ श्रावण २०८३ — भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ रक्तमासी प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार र जनशक्ति तयारी थालेको छ।

चीन सरकारको करिब ८४ करोड रुपैयाँ सहयोगमा तीनतले भवन निर्माण, उपकरण खरिद तथा चिकित्सक–नर्सलाई तालिम दिने परियोजना अघि बढाइएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार पाँच श्ययाको बोनम्यारो युनिट निर्माण गरिनेछ। सेवा सञ्चालनका लागि चिकित्सक र नर्सहरू चीनमा तालिमरत छन्। परियोजनाको निर्माण कार्य सुरु भएपछि करिब डेढ वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको छ।

अस्पतालले यो सेवा सञ्चालनमा आएपछि बोनम्यारो प्रत्यारोपणका लागि विदेश जानुपर्ने बाध्यता हट्ने, कम खर्चमा स्वदेशमै उच्चस्तरीय उपचार उपलब्ध हुने जनाएको छ।

तपाईको प्रतिक्रिया

ताजा समाचार