चितवन, २१ श्रावण २०८३ — गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार सक्रिय रूपमा काम गरिरहेको बताएका छन्।
बिहीबार राष्ट्रियसभाको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै उनले संवेदनशील विषयमा प्रश्न उठाउँदा सांसदहरू पनि संवेदनशील हुनुपर्ने बताए।निर्मला पन्त हत्या प्रकरणबारे अनुसन्धान जारी रहेकाले त्यस विषयमा टिप्पणी गर्नु उपयुक्त नहुने उल्लेख गर्दै उनले अनुसन्धान सूक्ष्म रूपमा अघि बढिरहेको पनि बताए।
फरक प्रसङ्गमा उनले मानसिक स्वास्थ्यका क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै आत्महत्या रोकथामका लागि ११६६ हेल्पलाइनमार्फत काम भइरहेको जानकारी दिए।

यसैबीच, राष्ट्रियसभामा निर्मला पन्त हत्या प्रकरणबारे दिएको अभिव्यक्तिप्रति गृहमन्त्री सुधन गुरुङले माफी मागेका छन्। निर्मला पन्त प्रकरणलाई लिएर सांसदहरूसँग सवाल–जवाफका क्रममा उनको अभिव्यक्तिको आलोचना भएपछि उनले बिहीबार नै राष्ट्रियसभामा उभिएर आफ्नो भाषा केही ठाडो हुन पुगेको स्वीकार गरेका हुन्।



