चितवन, २२ श्रावण २०८३ — चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले माडीमा तेस्रो चितवन जिल्लास्तरीय बृहत खुला तीज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ ।
समाजले नेपाली महिलाको महान् पर्व हरितालिका तीजको अवसरमा आगामी भदौ २० गते शनिबार माडी नगरपालिका–५, बसन्तपुरस्थित होटल प्याराडाइजको सभाहलमा प्रतियोगिता आयोजना गर्न लागेको हो।
प्रतियोगितामा प्रथम हुने समूहलाई नगद २५ हजार रुपैयाँ र प्रमाणपत्र, द्वितीयलाई १५ हजार, तृतीयलाई १० हजार तथा सान्त्वना हुने समूहलाई ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक लीला पौडेलले जानकारी दिनुभयो।

कार्यक्रममा सहभागी महिला तथा दिदीबहिनीका लागि निःशुल्क तीजको दर खाने व्यवस्था गरिएको समाजका अध्यक्ष लालबहादुर भट्टले बताउनुभयो। समाजले प्रतियोगितामार्फत नेपाली कला, संस्कृति, रीतिरिवाज तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै माडीका सम्पूर्ण महिला तथा दिदीबहिनीलाई प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ।



