चितवन खबर पोष्ट

माडीको बनकट्टादेखि कसरासम्म सडकछेउको झाडी फाँड्न सुरु

चितवन, २३ श्रावण २०८३ — चितवन राष्ट्रिय निकुञ्ज अन्तरगत माडीको बनकट्टादेखि कसरासम्मको सुबिधा प्राप्त बाटोको दुबैतर्फ झाडी फाँड्न सुरु भएको छ । सडक डिभिजन कार्यालयको आर्थिक सहयोग र माडी नगरपालिकाको समन्वयमा शनिवार (आज)देखि झाडी फाँड्न सुरु भएको हो ।

अग्ला–अग्ला झाडीका कारण सडक छेउमा जंगली जनावरहरू आवतजावत गर्ने तथा सर्वसाधारणलाई हिंडडुलमा समेत बाधा हुने भएकाले मानव र जनावर दुवैको सुरक्षालाई ध्यानमा राखी यो अभियान सुरु गरिएको माडी नगरप्रमुख ताराकुमारी काजी महतोले बताउनुभयो ।

सडक डिभिजनकै सहयोगमा अब तत्कालै निकुञ्जभित्रको सडक मर्मत कार्य पनि सुरु हुने नगरप्रमुख महतोले जनाउनुभयो । डिभिजनले ग्रेडर र रोलर प्रयोग गरी हुलाकी सडक मर्मत गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया