चितवन खबर पोष्ट

हुलाकी सडक मर्मत कार्य जारी, निकुञ्ज हुँदै माडी आवतजावत सहज हुने अपेक्षा

चितवन, ४ भाद्र २०८३ — भरतपुर–माडी–ठोरी (हुलाकी सडक) अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने सडकखण्डको मर्मत कार्य अहिले जारी छ । भरतपुर–२३ स्थित राप्ती नदी पुलदेखि माडीको बनकट्टास्थित रिउ खोला पुलसम्मको सडकखण्डमा सडक डिभिजनले आवश्यक स्रोतसाधन परिचालन गरी ग्राभेल तथा सडक मर्मतको काम गरिरहेको हो ।

सडक मर्मत कार्यमा माडी नगरपालिकाले आवश्यक सहयोग र समन्वय गरिरहेको माडी नगरप्रमुख ताराकुमारी काजी महतोले बताउनुभयो । सडक मर्मतपछि निकुञ्ज हुँदै माडी आवतजावत गर्ने यात्रु तथा सवारीसाधनलाई थप सहज हुने अपेक्षा गरिएको छ।

यसअघि सडक डिभिजनकै सहयोगमा बनकट्टादेखि कसरासम्मको सडकको दुवैतर्फ झाडी फँडानी गरिएको थियो। झाडी फँडानीपछि अहिले सडकको अवस्था सुधार गर्न मर्मत कार्य अघि बढाइएको हो

तपाईको प्रतिक्रिया