चितवन, ४ भाद्र २०८३ — जनजीवन माध्यमिक विद्यालय, माडी–८, खरकट्टाको अभिभावक भेलाले व्यवस्थापन समिति सदस्यमा ४ जनालाई चयन गरेको छ । भेलाबाट व्यवस्थापन समितिमा मनोनित हुनेहरुमा श्याम पौडेल, महादेव आचार्य, लक्ष्मी लामिछाने र रीता गौतम रानाभाट रहनुभएको छ ।
त्यसैगरी भेलाले शिक्षक अभिभावक संघका लागि पनि चार जना सदस्य मनोनित गरेको छ । सो का लागि चयन हुनेहरुमा सिद्धिलाल गायक, प्रभात नेपाली, सीमा गुरुङ र सरस्वती भट्टराई रहनुभएको छ ।
सरकारले गरेको नयाँ व्यवस्था अनुसार अब माडी नगरपालिकाभित्रका अन्य विद्यालयमा समेत वि.व्य.स. पुनः गठन हुने अवस्था बनेको छ । नयाँ वि.व्य.स. गठनका लागि विद्यालयमा चलेको तह अर्थात् सम्बन्धित कक्षा उत्तीर्ण गरेको हुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य नरहेको वा दलको सदस्यता त्यागेको पाँच वर्ष पूरा भएको हुनुपर्ने लगायतका मापदण्ड लागू हुने जनाइएको छ ।




