चितवन खबर पोष्ट

काठमाडौंमा ‘माडी–चितवन सम्पर्क समाज’ औपचारिक रूपमा दर्ता

चितवन, ४ भाद्र २०८३ — हाल अस्थायी रुपमा काठमाडौं उपत्यकामा बसोबास गरिरहेका माडीबासीहरुको साझा संस्था “माडी, चितवन – काठमाडौं सम्पर्क समाज” स्थानीय प्रशासनमा औपचारिक तवरबाट दर्ता भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विहीबार दर्ता नं. २६/२०८३/०५/०४ बाट सो संस्थाले दर्ता प्रमाणपत्र प्राप्त गरेको हो । माडी–चितवन काठमाडौं सम्पर्क समाजको कार्यालय काठमाडौं महानगरपालिका–३१, शान्तिनगर गेट, नयाँबानेश्वर, काठमाडौंमा (Namaste A To Z Nepal संगै) रहनेछ।

संस्थाको अध्यक्षमा माडी-२, सितलपुर (हाल कीर्तिपुर) निवासी शंकर पाण्डे ’मुक्ति’ रहनुभएको छ । त्यस्तै, उपाध्यक्षमा माडी-१ निवासी बिष्णु पाठक भण्डारी, सचिवमा माडी-६ का सन्तोष (विशाल गौतम) र कोषाध्यक्षमा माडी-४ का कृष्ण प्रसाद भट्टराई रहनुभएको छ ।

त्यस्तै, सदस्यहरुमा डिल्लीराम अधिकारी (माडी-४), चिरञ्जीवी अधिकारी (माडी-२), संगिता सापकोटा (माडी-४), बालकृष्ण सापकोटा (माडी-७), धनराज सापकोटा (माडी-७), शुसिला दवाडी (माडी-२) र सीता कुमारी पनेरू (माडी-३), गणेश भुसाल (माडी-१) र दिपक पाण्डे (माडी-१) रहनुभएको छ ।

तपाईको प्रतिक्रिया