चितवन खबर पोष्ट

रिषब न्यौपानेको जन्मोत्सवमा नारायणी किनारमा रक्तदान कार्यक्रम

चितवन, ७ भदाै २०८३ — माडीका पत्रकार गोविन्द न्यौपानेका छोरा रिषब न्यौपानेको चौथो जन्मोत्सवको अवसरमा नारायणी किनार, भरतपुरमा खुला रक्तदान कार्यक्रम आयोजना भएको छ।

‘मानवताका लागि रक्त अभियान’ अन्तर्गत विश्व रक्तदाता संगठन चितवनको आयोजनामा भदौ ७ गते (आज) साँझ ४ बजेदेखि ८ बजेसम्म रक्तदान कार्यक्रम हुने आयोजकले जनाएको छ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुर, चितवनले प्राविधिक सहयोग गर्नेछ। जन्मोत्सवलाई सामाजिक सेवासँग जोड्दै रक्तदानमार्फत मानवीय सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएकोले रक्तदानमा सहभागी हुन न्याैपाने परिवारले सार्वजनिक अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया