चितवन, ८ भदाै २०८३ — अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको कार्यवाहक अध्यक्षमा गिरिधारी सुवेदी मनोनित हुनुभएको छ ।
यसअघि सो उपभोक्ता समितिको अध्यक्षमा निर्वाचित हुनुभएका शिवजी गायक चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति (काउन्सिल)को अध्यक्षमा निर्वाचित हुनुभएसंगै सो मध्यवर्ती उपभोक्ता समितिको अध्यक्ष पद रिक्त हुनगएको थियो ।
यस्तो अवस्थामा समितिको आइतबार बसेको बैठकले उपाध्यक्ष सुवेदीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।

सो उपभोक्ता समितिको सचिवमा गोकुल लम्साल र कोषाध्यक्षमा गंगा बहादुर अधिकारी रहनुभएको छ । यसबाहेक, सदस्यहरुमा तुलबहादुर मगर, कृष्ण प्रसाद पौडेल, रामबहादुर अधिकारी क्षेत्री, शिव लामिछाने र शिवहरि सुवेदी रहनुभएको छ ।



