चितवन खबर पोष्ट

बागमतीका मुख्यमन्त्री किरण थापामगरले पाए विश्वासको मत, पक्षमा ५७ मत

चितवन, ९ भदाै २०८३ — बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। मंगलबार भएको मतदानमा उनको पक्षमा ५७ मत परेको छ भने विपक्षमा कुनै मत परेन।

थापालाई नेकपा, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बहुमत सांसदले समर्थन गरेका हुन्। १०४ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५३ मत आवश्यक थियो।

प्रदेशसभाको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित नेमकिपा र हाम्रो नेपाली पार्टीका सांसद बैठकमा अनुपस्थित रहे। सरकार गठनविरुद्ध उच्च अदालत पाटन, हेटौंडा इजलासमा रिट विचाराधीन रहेकाले कांग्रेसले बैठक बहिष्कार गरेको हो।

विश्वासको मत पाएसँगै तत्कालका लागि थापा नेतृत्वको सरकारमाथिको संवैधानिक संकट टरेको छ। तर, राप्रपाभित्रको विवादका कारण सरकारको आगामी यात्रा भने चुनौतीपूर्ण देखिएको छ।

तपाईको प्रतिक्रिया