चितवन, ९ भदाै २०८३ — कृष्ण जन्माष्टमी पर्वको अवसर पारी माडी–६ कल्याणपुर महिला तथा पुरुष ७-ए-साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
जनकल्याण तमु समाज,कल्याणपुरको आयोजनामा हुने प्रतियोगिता जनकल्याण स्कुलको खेलमैदानमा सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन भदौ १३ गते बिहान ११ बजे गर्ने आयोजकले जनाएको छ।
पुरुष तर्फका बिजेता टिमले नगद ५० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेतालाई २५ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

त्यस्तै उत्कृष्ट खेलाडीलाई २ हजार ५०० रुपैयाँ, उत्कृष्ट गोलरक्षकलाई २ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्तालाई २ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रत्येक खेलका ‘म्यान अफ द म्याच’लाई ५०० रुपैयाँ र मेडल प्रदान गरिने आयोजकले जनाएको छ।



