चितवन, १३ भाद्र २०८३ — विपद्को समयमा आवश्यक रगतको अभाव हुन नदिन माडी नगरपालिका–१ बरुवामा आकस्मिक रक्तदान कार्यक्रम सञ्चालन भएको छ। ‘विपद्का लागि रक्तदान’ भन्ने नारासहित शनिबार बरुवा बजारमा आयोजित कार्यक्रममा २६ जनाले स्वेच्छिक रक्तदान गरेका छन्।
नेपाल ब्लड डोनर्स सोसाइटीको आयोजनामा तथा माडी नगरपालिका–१ वडा कार्यालय, स्टार स्पोर्ट युवा क्लब बरूवा र माडी जेनजीको सहकार्यमा सो कार्यक्रम गरिएको हो।
विपद् तथा अन्य आपत्कालीन अवस्थामा आवश्यक पर्ने रगत व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सोसाइटीका सदस्य रामचन्द्र लम्सालले बताउनुभयो । कार्यक्रममा स्थानीय रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो।




