चितवन खबर पोष्ट

भुपराज पाठक स्मृति प्रतिष्ठानको स्वास्थ्य शिविरमा २१५ जनाले लिए उपचार सेवा

चितवन, १३ भाद्र २०८३ — भुपराज पाठक स्मृति प्रतिष्ठानको आयोजनामा माडीमा सञ्चालित बृहत् निःशुल्क स्वास्थ्य शिविरमा २१५ जनाले उपचार सेवा लिएका छन् ।

माडी–४, खैरहनीस्थित खैरहनी माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न सो शिविरमा वरपरका गाउँठाउँबाट आएका उल्लेख्य संख्यामा बिरामीहरुले उपचार, परामर्श र निःशुल्क औषधी प्राप्त गरेका हुन् । प्रतिष्ठानका अध्यक्ष विपिन पाठकको अध्यक्षतामा सञ्चालित सो कार्यक्रममा माडी नगरप्रमुख ताराकुमारी काजी महतोको प्रमुख आतिथ्य रहेको थियो ।

यसबाहेक शिविरका क्रममा ६३ जनाको भि.आई.ए. (पाठेघरको मुखको क्यान्सर) परीक्षण र ७१ जनाको स्तन क्यान्सरको परीक्षण समेत भएको थियो । सोमध्ये ३ जनामा भि.आई.ए. पोजेटिभ आएको र १० जनाको स्तनमा गिर्खाहरु देखापरेको जनाइएको छ । उनीहरूलाइ थप स्वास्थ्य परीक्षण र उपचारका लागि सिफारिस गरिएको छ ।

दिवंगत हास्य कलाकार, शिक्षक तथा पत्रकार भुपराज पाठकको स्मृतिमा गतबर्ष सो प्रतिष्ठानको स्थापना भएको थियो । शनिवारको शिविरमा मौलाकालिका अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले विशेषज्ञ एवं प्राविधिक सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया