खेल र खेलाडी पोष्ट

३१औं स्टार कप फुटबलको ट्राइसिट सार्वजनिक, उद्घाटनमा बसन्तपुर युनाइटेड र नारायणी मोटर्स भिड्दै

चितवन, १४ भाद्र २०८३ — तीज र जितिया पर्वको अवसर पारी माडी नगरपालिका-१, बरुवामा आयोजना हुनलागेको ३१औं स्टार कप फुटबल प्रतियोगिताको ट्राइसिट सार्वजनिक गरिएको छ।

स्टार स्पोर्ट्स युवा क्लब, माडी–१, बरुवा बजारको आयोजनामा भदौ १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको समुद्घाटन खेलमा माडीको बसन्तपुर युनाइटेड क्लब र भरतपुरस्थित नारायणी मोटर्स युनिक फुटबल क्लब भिँड्नेछन् । प्रतियोगिताको फाइनल खेल भदौ २९ गते दिउँसो ३ बजे हुनेछ ।

सार्वजनिक ट्राइसिटअनुसार प्रतियोगितामा विभिन्न क्षेत्रका १० वटा टोली सहभागी हुनेछन्। प्रतियोगिताका खेलहरू माडी-१ स्थित बरुवा खेलमैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ। माडीसंगै नेपालकै पुरानो मध्येको सो प्रतियोगिताले फुटबल विकाससँगै स्थानीय तथा बाह्य खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्दै आएको छ।

तपाईको प्रतिक्रिया