चितवन खबर पोष्ट

बाढीपीडितको राहत तथा उद्धारका लागि बुद्धि सुवेदीद्वारा १० लाख सहयोग घोषणा

चितवन, १४ भाद्र २०८३ — गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष समेत रहनुभएका माडी-५, ब्रह्मपुरीका सामाजिक अगुवा बुद्धि सुवेदीले नेपालका बाढीपीडितको राहत तथा उद्धारका लागि १० लाख रुपैयाँ सहयोग घोषणा गर्नुभएको छ ।

एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिकाका पूर्वअध्यक्षसमेत रहनुभएका सुवेदीले उक्त रकम एनआरएनए आईसीसीमार्फत नेपाल सरकारको राहत कोषमा उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।

रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गर्दै उहाँले विपद्को समयमा पीडितको साथमा उभिन सहयोग घोषणा गरेको बताउनुभयो ।

सुवेदीले विपद्को यस कठिन घडीमा नेपाल सरकारले सञ्चालन गरिरहेको उद्धार तथा राहत अभियानलाई सहयोग गर्न सबैलाई आ-आफ्नो क्षमताअनुसार योगदान गर्न आग्रह समेत गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया