देश-प्रदेश खबर पोष्ट

त्रिशूली बाढीले कृष्णभीरमा पृथ्वी राजमार्ग भासियो, सवारी आवागमन प्रभावित

चितवन, १४ भाद्र २०८३ — नारायणगढ काठमाडौं जोड्ने सडक (पृथ्वी राजमार्ग) अन्तरगत धादिङको कृष्णभीरमा सडक भासिएको छ।

त्रिशूली नदीमा आएको बाढीका कारण सडकको तल्लो भाग कटान भएपछि सडक भासिएको हो। करिब २० मिटर लामो सडकखण्ड आधाभन्दा बढी भाग भासिएको छ। सडकमा चिरा परेपछि सवारी आवागमनसमेत प्रभावित भएको छ।

सडक विभागले सडकको अवस्थाबारे अध्ययन गर्न विज्ञ टोली खटाएको छ। विज्ञ टोलीको अध्ययनपछि मात्रै सडक मर्मतको विधि र आवागमन सहज बनाउने विषयमा निर्णय गरिने जनाइएको छ।

तपाईको प्रतिक्रिया