चितवन, १७ भाद्र २०८३ — माडीको रतनी धोबाहा गाउँस्थित राष्ट्रिय आधारभूत विद्यालय (१–८), रतनी, धोवहामा विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावकहरूबाट ४ जना सदस्य छनौट भएका छन्।
शिक्षा ऐन, २०२८ को दफा १२ तथा शिक्षा नियमावली, २०५९ (दशौँ संशोधन) को मूल नियमावली नियम २९ बमोजिम अभिभावकहरूमध्येबाट राजकुमारी महतो, लक्ष्मी महतो, रबिना खातुन र आशा खातुन छनौट हुनुभएको हो ।
त्यसैगरी विद्यालयको शिक्षक–अभिभावक संघका लागि ७ जना अभिभावक छनौट गरिएको छ। शिक्षक–अभिभावक संघमा सयुदिन मिया, अमृता शाह, रुपा महतो, सरिता महतो, करण सहनी, सावित्री महतो र निसा मर्दनिया छनौट हुनुभएको छ ।




