माडी (स्थानीय) खबर पोष्ट

माडीको शिशु कल्याण आधारभूत विद्यालय व्यवस्थापन समितिमा चार अभिभावक छनोट

चितवन, १७ भाद्र २०८३ — चितवनको माडी नगरपालिका–६, स्याउलीबासस्थित शिशु कल्याण आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावक भेला सम्पन्न भएको छ।

भेलाबाट विद्यालय व्यवस्थापन समितिमा प्रदिप बिष्ट, मिनबहादुर परियार, गीतामाया विक र पुष्पा सुनार छनोट हुनुभएको छ। अभिभावक तथा सरोकारवालाहरूको सहभागितामा सम्पन्न भेलाबाट छनोट भएका सदस्यहरूले विद्यालयको शैक्षिक गुणस्तर सुधार, प्रभावकारी विद्यालय व्यवस्थापन तथा विद्यार्थीको समग्र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया