चितवन, १७ भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कपडा तथा फेन्सी व्यवसायी संघ माडीले २५ हजार रुपैयाँ सहयोग गरेको छ।
संघले आफ्नो साधारण सभामा हुने खर्च कटौती गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो। विपत्तिका बेला प्रभावित नागरिकलाई राहत पुगोस् भन्ने उद्देश्यले साधारण सभाको खर्च घटाएर सहयोग रकम जुटाइएको संघले जनाएको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत संघले गरेको उक्त सहयोगले विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ। हाल विभिन्न समूह, संघ-संस्था, सहकारी एवं व्यक्तिहरूले कोषमा सहयोग गरिरहेका छन् ।




