चितवन, १७ भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले माडी नगरपालिका वडा नं. ५ स्थित महिला श्रमजीवी कृषक समूहले २० हजार ३० रुपैयाँ सहयोग गरेको छ।
समूहले सदस्यहरूबाट स्वेच्छिक रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंकमार्फत जम्मा गरेको हो। विपद्का कारण समस्यामा परेका नागरिकलाई आफ्नोतर्फबाट सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको समूहले जनाएको छ।
बाढी तथा प्राकृतिक विपद्का समयमा पीडितको साथमा उभिनुपर्ने सामाजिक दायित्वलाई आत्मसात् गर्दै समूहले सहयोग रकम जुटाएको हो। कोषबाट बाढी प्रभावित जिल्लाहरूका १५ पालिकामा ६ करोड ७५ लाख १५ पालिकामा निकासा भएको छ। ६ अर्ब ८८ लाख रुपैयाँ भन्दा बढी कोषमा मौज्दात रहेको जनाइएको छ ।




