चितवन खबर पोष्ट

बाढीपीडितको राहतका लागि सिर्जनशील महिला समूहको १० हजार १११ रुपैयाँ सहयोग

चितवन, १६ भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी–३, वसन्तपुरस्थित सिर्जनशील महिला समूहले रु. १० हजार १११ सहयोग गरेको छ।

समूहले बाढीपीडित नागरिकका लागि सहयोगस्वरूप उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। समूहका सदस्यहरूले सामूहिक रूपमा रकम संकलन गरी बैंकमार्फत कोषमा दाखिला गरेका हुन्।

विपद्को समयमा प्रभावित नागरिकलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्ना व्यक्तिगत खर्चमा केही कटौती गर्दै रकम संकलन गरिएको समूहका अगुवा प्रिती ढकालले बताउनुभयो। उहाँले विपद्का बेला मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै समूहका सदस्यहरूले आफ्नो क्षमताअनुसार सहयोग गरेको बताउनुभयो।

तपाईको प्रतिक्रिया