देश-प्रदेश खबर पोष्ट

सोमेश्वर मध्यवर्ती सामुदायिक वनमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी सचेतना कार्यक्रम

चितवन, १६ भाद्र २०८३ — माडीको वसन्तपुरस्थित सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा एक दिने प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।

माडी क्याम्पसको सभाहलमा सम्पन्न सो कार्यक्रममा एञ्जल फाउण्डेशनका तर्फबाट सहभागीहरूलाई प्राथमिक उपचारका आधारभूत विधि, आकस्मिक अवस्थामा अपनाउनुपर्ने सावधानी तथा गुप्त रोगसम्बन्धी जानकारी र बच्ने उपायबारे जानकारी गराइएको थियो।

सोमेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नेत्रनाथ आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वन उपभोक्ता समूहका पदाधिकारी, सदस्य तथा स्थानीय उपभोक्ताहरूको सहभागिता रहेको थियो

तपाईको प्रतिक्रिया