रसुवामा आएको बाढीबाट प्रभावित परिवारहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले नारी अभ्युदय केन्द्र, नारायणगढले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ। केन्द्रले विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको हो। केन्द्रका अध्यक्ष विष्णु रायमाझीका अनुसार संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का समयमा सहयोग गर्दै आएको छ। केन्द्रले २०८३ भदौ १६ गते मंगलबार उक्त सहयोग रकमको चेक सम्बन्धित कोषमा हस्तान्तरण गरेको जनाएको छ। नारी अभ्युदय केन्द्रले यसअघि पनि सामाजिक तथा मानवीय क्षेत्रमा विभिन्न सहयोग र कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ७ अर्ब ८८ करोड बढी रकम जम्मा भएको बताएका छन् । संघीय संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले कोषमा ७ अर्ब ८८ करोड ५७ लाख २ सय १७ रुपैयाँ जम्मा भएको जानकारी दिएका हुन् ।




