देश-प्रदेश खबर पोष्ट

माडीको सोमेश्वर रेशम सहकारीद्वारा भोटेकोसी बाढीपीडितका लागि ३५ हजार सहयोग

चितवन, १८ भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी-६, लक्षमीनिवासस्थित सोमेश्वर रेशम कृषक सहकारी संस्था लिमिटेडले ३५ हजार १५५ रुपैयाँ सहयोग गरेको छ।

सहकारीले आफ्नो सदस्य राहत कोषमा रहेको रकमबाट उक्त सहयोग गरेको हो। संकलित रकम बैंकमा दाखिला गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा पठाइएको सहकारीका व्यवस्थापक टंकराज अधिकारीले जानकारी दिनुभयो।

भोटेकोसी बाढीबाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सहकारीले सदस्य राहत कोषको रकम विपद् प्रभावित नागरिकका लागि उपलब्ध गराएको उहाँले जनाउनुभयो । सहकारीले यसअघि पनि सामाजिक सेवाको कार्यमा सहयोग गर्दै आएको छ।

तपाईको प्रतिक्रिया